नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

कृषि सूचना तथा प्रशिक्षण केन्द्र

हरिहरभवन, ललितपुर

नेपाल सरकार

कृषि सूचना तथा प्रशिक्षण केन्द्र

हरिहरभवन, ललितपुर

  • कृषि सेवाका विभिन्न समुह अन्तर्गतका अधिकृत कर्मचारीहरुको लागि समसामयिक विषयमा तालिम कार्यक्रम तर्जुमा एवं संचालन गर्ने।
  • कृषि तालिम निर्देशनालय र क्षेत्रिय तालिम केन्द्रहरुको तालिम पाठ्यक्रम विकास एवं समयानुकूल परिमार्जन गर्ने।
  • विभिन्न स्तरका तालिममा प्रयोग हुने तालिम म्यानुअल, मोड्युल एवं अन्य श्रव्य दृश्य प्रशिक्षण सहयोगी सामाग्रीहरुको विकास एवं अध्यावधिक गर्ने।
  • तालिम कार्यक्रमलाई प्रभावकारी बनाउन केन्द्रीय स्तरका परियोजनाहरु, कार्यक्रम निर्देशनालयहरुका अतिरिक्त कृषि तथा पशुपन्छी विकास मन्त्रलय र कृषि विभागका तालिम संचालन हर्ने निकायहरुसँग समन्वय तथा संयोजन गर्ने।
  • क्षेत्रीय कृषि तालिम केन्द्र र अन्य तालिम प्रदायक निकायहरुलाई तालिम कार्यक्रम तर्जुमा एवं कार्यन्वयनमा प्राविधिक सेवा प्रदान गर्ने।
  • आफ्नो शाखाका कर्मचारीहरूको कार्य विवरण तयार गरी कार्य जिम्मेवारी समेत तोकिदिने।