नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

कृषि सूचना तथा प्रशिक्षण केन्द्र

हरिहरभवन, ललितपुर

नेपाल सरकार

कृषि सूचना तथा प्रशिक्षण केन्द्र

हरिहरभवन, ललितपुर

  • पशुपन्छी क्षेत्रको मानव संसाधन विकास सम्वन्धमा नेपाल सरकारलाई नीतिगत पृष्ठपोषणमा सहयोग,
  • पशुपन्छी पालन तथा पशु स्वास्थ्य सम्वन्धि सूचनाको राष्ट्रिय भण्डार (National repository) मा सहयोग,
  • पशुपन्छी सम्बन्धी सूचना तथा प्रविधिको राष्ट्रिय हव कार्यमा सहयोग,
  • पशु पालन सम्बन्धी परम्परागत ज्ञान, शिप र प्रविधिको खोज एवं संकलन, डकुमेन्टेशन एवं प्रकाशन तथा प्रसारणमा सहयोग, 
  • पशुपन्छी क्षेत्रमा रहेका सरकारी तथा निजी तालिम केन्द्रको गुणस्तर मापदण्ड विकास तथा कार्यान्वयन र नियमन,
  • पशुपन्छी क्षेत्रका भएका तालीमहरुको लागि तालीम आबश्यकता पहिचान, तालीम पाठ्यक्रम विकास तथा तालीम प्रभावकारिता अध्ययन, अनुसन्धान,
  • प्रदेश एवं स्थानीय तहका तालीम प्रदायकहरुको क्षमता विकास तथा पृष्ठपोषण,
  • पशु मानव संसाधन विकास योजना र कार्यान्वयन,
  • पशु सम्वन्धि विषयको तालिमको राष्ट्रिय स्रोतकेन्द्रको रुपमा कार्य गर्ने, तालीम सञ्चालन गर्ने, 
  • स्वदेशी एवं विदेशी सहभागीहरुको लागि कस्टोमाइज्ड तालिम कोर्स सन्चालन एवं आउटसोर्सिङ,
  • तालिम सम्वन्धि जनशक्ति विकास सम्वन्धी कार्य,
  • पशुपन्छी क्षेत्रका तालिमहरुको कोर्स डिजाइन, पाठ्यक्रम विकास, प्रशिक्षक एवं स्रोत व्यक्ति छनौट, तालिम सामाग्री र तालिम सन्चालन एवं अनुगमन र मूल्याँकन लगायतका विषयहरुको राष्ट्रिय मापदण्ड विकास र कार्यान्वयन, 
  • तालिम प्रभावकारीता अध्ययन एवं अनुसन्धान, सरकारी तथा निजी क्षेत्रबाट सञ्चालन हुने ग्रा.प.स्वा.का. लगायत का अन्य नेपाल सरकारले तोकेका तालिमको स्वीकृती दिने प्रमाणीकरण गर्ने।
  • आफ्नो शाखाका कर्मचारीहरूको कार्य विवरण तयार गरी कार्य जिम्मेवारी समेत तोकिदिने।