नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

कृषि सूचना तथा प्रशिक्षण केन्द्र

हरिहरभवन, ललितपुर

नेपाल सरकार

कृषि सूचना तथा प्रशिक्षण केन्द्र

हरिहरभवन, ललितपुर

  • कृषि, पशुसेवा र खाद्य प्रविधि तथा गुणस्तर विभाग र नेपाल कृषि अनुसन्धान परिषद्, वोर्ड, संस्थानहरुका सम्पर्क व्यक्तिहरुको सम्पर्कमा रही आवश्यक प्रविधि, सूचना र जानकारी संकलन गर्ने। 
  • विभिन्न माध्यमबाट प्राप्त भएका कृषि, पशुसेवा र खाद्यपोषण सम्बन्धी प्रविधि, मुद्दा (Issues), उपयोगी जानकारी तथा सूचनाको पहिचान, प्रशोधन तथा संपादन गर्ने। 
  • रेडियो कृषि कार्यक्रम उत्पादन गरी रेडियो नेपाल तथा एफ. एम. रेडियोहरुलाई प्रसारणको लागि व्यवस्था मिलाउने। 
  • श्रव्य-दृष्य कृषि कार्यक्रम उत्पादन गरी नेपाल टेलिभिजनलाई प्रसारणको लागि व्यवस्था मिलाउने। 
  • कृषि पशु सेवा र खाद्य पोषण सम्बन्धी गिती संग्रह उत्पादन गर्ने तथा अडियो क्लिप्सहरु तयार गर्ने। 
  • कृषि, पशुसेवा र खाद्यपोषण सम्बन्धी टेलिस्पट तथा जिंगल निर्माण गर्ने।
  • कृषि, पशुसेवा र खाद्यपोषण सम्बन्धी भिडीयो डकुमेन्ट्री तयार गर्ने।
  • एफ. एम.सँगको सहकार्यमा संचालित कृषि. कार्यक्रमको समन्वय तथा अनुगमन गर्ने । 
  • निजी तथा सार्वजनिक मेडियाहरुसँग समन्वय तथा सहकार्य गर्ने र सो सँग सम्बन्धित कार्यक्रम संचालन गर्ने ।
  • आफ्नो शाखाका कर्मचारीहरूको कार्य विवरण तयार गरी कार्य जिम्मेवारी समेत तोकिदिने।