Government of Nepal

Ministry of Agriculture and Livestock Development

Agriculture Information And Training Center

Hariharbhawan, Lalitpur, Nepal

Government of Nepal

Agriculture Information And Training Center

Hariharbhawan, Lalitpur

नेपाल सरकारको निर्णय अनुसार २०७५ श्रावण महिना देखि कृषि सूचना तथा संचार केन्द्र र राष्ट्रिय कृषि अनुसन्धान तथा विकास कोष लाई एक ठाउमा गाभी कृषि सूचना तथा प्रशिक्षण केन्द्रको रुपमा  कायम गरिएको छ ।

कृषि सूचना तथा संचार केन्दले परम्परागत कृषि पेशालाई ज्ञानमा आधारित व्यावसायिक कृषिमा रूपान्तरण गर्न आम संचार माध्यमको उपयोग गरी कृषि प्रविधियुक्त सामाग्री र जानकारीमूलक सूचनाहरु कृषक, कृषि उद्यमी, प्रसारकर्ता र सरोकारवालाहरू समक्ष पुर्याउने मूख्य जिम्मेवारीका साथ वि.सं. २०२२ सालमा कृषि विभाग मातहत कृषि सूचना शाखाको नाममा हालको कृषि सूचना तथा संचार केन्द्रको स्थापना भएको हो । आम संचारका विभिन्न माध्यमहरु मध्ये वि.सं. २०१८ सालदेखि बन तथा कृषि मन्त्रालयद्वारा प्रकाशन शुरु गरिएको कृषि द्वैमासिक पत्रिका लगायत अन्य पुस्तिका, फोल्डर, पोष्टर एवं कृषि डायरी वि.सं. २०२२ सालदेखि र कृषि क्यालेण्डर आ.व. २०४५। ४६ देखि नियमित रुपमा प्रकाशन तथा वितरण हुँदै आएका छन् । वि.सं. २०१८ सालमा ग्राम सेवा कार्यक्रम अन्तर्गत रेडियो कृषि कार्यक्रम प्रसारण शुरु भई वि.सं. २०२३ साल मंसिर २५ देखि रेडियो नेपालबाट नियमित रुपमा कृषि कार्यक्रम प्रसारण भईरहेको छ । वि.सं. २०४६ सालदेखि श्रव्य दृष्य कार्यक्रम अन्तर्गत भिडियो डकुमेन्ट्री तयार गरी नेपाल टेलिभिजनबाट प्रसारण गराउन शुरु भएकोमा  वि.सं. २०५४ सालदेखि नेपाल टेलिभिजनबाट नियमित रुपमा कृषि कार्यक्रम प्रसारण गर्दे आएको छ ।

त्यसै गरि प्रतिस्पर्धात्मक अनुदान प्रणालीमा आधारित भई कृषि क्षेत्रको समग्र विकासका लागि सरकारी, निजी र गैह्रसरकारी निकाय एवं नागरिक समाजबाट कृषि अनुसन्धान तथा विकास सम्बन्धी आयोजना प्रस्तावहरू माग गरी उपयुक्त एवं प्राथमिकता प्राप्त आयोजनालाई पूर्ण वा आंशिक रूपमा अनुदान दिई सरकारी सेवाको न्यायोचित वितरणद्वारा कार्यक्रम संचालन गर्ने र के उद्देश्य राखी कार्य संचालन कोष ऐन २०४३ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकार (मन्त्रिपरिषद) ले मिति २०५८।०८। २५ को निर्णयानुसार “राष्ट्रिय कृषि अनुसन्धान तथा विकास कोष २०५८” स्थापना भएको हो । स्थापनाकाल देखि कृषि (बाली, बागवानी, पशुपालन र मत्स्यपालन) उत्पादन तथा उत्पादकत्व बृद्धि र खेती प्रणाली सुधार, उपयोगकर्ताको माग अनुरुप र कृषक परिवारको अतिरिक्त आय आर्जन हुने किसिमका कृषि (बाली, बागवानी, पशुपालन र मत्स्यपालन) अनुसन्धान तथा प्रसार, विरुवा तथा पशु स्वास्थ्यमा जलवायु परिवर्तन अनुकूलन एवं उत्पादनमा अभिवृद्धि, प्राकृतिक श्रोतको दिगो उपयोग तथा श्रोतका आधार र वातावरण संरक्षण, औषधीजन्य तथा सुगन्धित विरुवाहरुको खेती, उत्पादन र मूल्य अभिवृद्धि, कृषि व्यापार, कृषि व्यवसाय, कृषि पर्यटन, कृषि प्रशोधन, खाद्य स्वस्थता, गुणस्तर नियन्त्रण र नीतिगत  मुद्दाहरु जस्ता कोषका वृहत प्राथमिकता क्षेत्र रहकाछन् । कोषका वृहत प्राथमिकता क्षेत्र भित्र रही विभिन्न आयोजनाहरुलाई र कृषि विषयमा स्नातकोत्तर र विद्यावारीधि गर्ने विद्यार्थीहरुलाई विभिन्न विषयमा अनुशन्धान गर्न thesis grant -थेसिस ग्राण्ट _अनुदान स्वरुप उपलव्ध गराउदै आईएकोछ । केहि आयोजनाहरु संपन्न भैसकेका छन भने केहि आयोजनाहरु संचालित छन ।कृषि सेवाका विभिन्न समुहमा रहि संघ, प्रदेश र स्थानिय तहमा कार्यरत अधिकृतस्तरका कर्मचारीहरुलाई कृषि र पशु विज्ञान संवन्धी विभिन्न विषयमा तालिम प्रदान गर्ने कार्य पनि २०७५ श्रावण १ गतेवाट यसै कृषि सुचना तथा प्रशिक्षण केन्द्रको जिम्वेवारीमा आएकोछ ।

वि.सं. २०६२ मा केन्द्रको वेवसाईट www.aicc.gov.np निर्माण गरी आफ्नो वेवपेजमा केन्द्रबाट प्रकाशित तथा अन्य उपयोगी सामाग्री मार्फत अनलाईन सेवा प्रदान गरिएकोमा हाल कृषि सुचना तथा प्रशिक्षण केन्द्रको वेवसाईट www.aitc.gov.np बाट सेवा प्रदान गरिराखेको छ । साठीको दशकको शुरुवातदेखि नै जिल्लास्थित एफ.एम. हरुसँगको सहकार्यमा स्थानीय परिवेश, आवश्यकता र कतिपय ठाउँमा स्थानीय भाषामा समेत कृषि कार्यक्रम उत्पादन तथा प्रसारण भईरहेका छन् ।