प्रमुख कार्यहरु

  • सूचना प्रविधिको प्रयोग मार्फत कृषि प्रविधिहरु किसान/उद्यमीसम्म पुर्याउन आवश्यक कार्यक्रम तर्जुमा गर्ने र सो बमोजिम सूचना प्रवाह गर्ने
  • एस.एम.एस मार्फत किसान र सरोकारवालाहरुलाई समयानुकुल साप्ताहिक मौसम पूर्वानुमान र सोही अनुसार कृषि कर्म गर्न सुझाब तथा समयानुकूल कृषि प्रविधिसम्बन्धी सूचना प्रेषित गर्ने ।
  • केन्द्रद्वारा सन्चालित किसान कल सेन्टरको संयोजन/व्यवस्थापन गर्ने ।
  • किसान कल सेन्टरमा किसान/उद्यमीहरुबाट प्राप्त हुने समस्या समाधान गर्न सक्ने विज्ञहरुको रोष्टर तयार तथा अद्यावधिक गर्ने ।
  • कृषि सूचना प्रवाह गर्ने प्रयोजनका लागि केन्द्रबाट सन्चालन एवम् व्यवस्थापन भएका विद्युतीय माध्यमहरुबाट भएका सूचना प्रवाहको प्रभावकारिता अध्ययन गरी समयसापेक्ष सुधार गर्ने र नयाँ प्रविधिहरुको प्रयोग मार्फत सूचना प्रवाह गर्ने