मुख कार्यहरू

  • कृषि सेवा अन्तर्गतका पशुपन्छी तथा मत्स्य तर्फका जनशक्तिहरूको तालिम आवश्यकता पहिचान गर्ने।
  • तालिम आवश्यकता पहिचान अनुसार पशुपन्छी तथा मत्स्य सम्बन्धी तालिम कार्यक्रम तर्जुमा एवं संचालन गर्ने।
  • सम्बन्धित विज्ञसङ्गको समन्वयमा पशुपन्छी तथा मत्स्यसंग सम्बन्धित विषयको तालिम पाठ्यक्रमको मस्यौदा तयार गर्ने।
  • विभिन्न संघीय र प्रादेशिक निकायबाट प्रदान गरिने पशुपन्छी तथा मत्स्य सम्बन्धी तालिममा एकरुपता कायम गर्न सहजीकरण र समन्वय गर्ने।
  • पशुपन्छी तथा मत्स्य सम्बन्धी तालिम सम्पन्न पश्चात तालिमको प्रभाव मूल्याङ्कन गर्ने।