प्रमुख कार्यहरु
- रेडियो, टेलिभिजन र सामाजिक सञ्जालमार्फत प्रसारण हुने कृषि, पशुपालन, बागवानी, मत्स्य, खाद्य प्रविधि तथा गुण नियमन, कृषि बजार लगायत कृषि सम्बन्धी प्राविधिक ज्ञान, कृषिसम्बद्ध विषयवस्तु एवं सन्देशमूलक कृषि कार्यक्रमहरूको उत्पादन गर्ने
- उत्पादित कृषि कार्यक्रमहरु रेडियो तथा टेलिभिजन मार्फत प्रसारण गर्ने व्यवस्था गर्ने
- कृषि प्रविधि र कृषि सम्बन्धी जनचेतनामूलक सन्देश उत्पादन गरी केन्द्रको सामाजिक सन्जालमार्फत प्रसारण गर्ने
- रेडियो, टेलिभिजन एवम् सामाजिक सन्जालबाट प्रसारण भएका कृषि कार्यक्रम/ जनचेतनामूलक सन्देशहरुको नियमित प्रभाव अध्ययन गरी परिमार्जन एवम् सुधार गर्ने