यस कार्यक्रमको मुख्य उद्देश्य मोबाइल एस.एम.एस मार्फत किसान र सरोकारवालाहरुलाई समयानुकुल साप्ताहिक मौसम पूर्वानुमान र सोही अनुसार कृषि कर्म गर्न सुझाब तथा समयानुकूल कृषि प्रविधिसम्बन्धी सूचना प्रदान गर्नु हो । जल तथा मौसम विज्ञान विभाग, नेपाल कृषि अनुसन्धान परिषद् लगायत सरोकारवाला निकायहरु समेतको सहकार्यमा तयार गरिने कृषि-मौसम सल्लाह बुलेटिनको आधारमा तयार गरिने यस प्रकारको सूचना हालसम्म सामान्यतया प्रत्येक हप्ताको शुक्रबार प्रवाह गरिएको छ । तर विशेष परिस्थितिमा अन्य दिन समेत प्रवाह गरिनेछ ।